१ कार्तिक २०८३, आइतबार

अर्थमन्त्री खतिवडाद्धारा राजीनामा, पुनः मन्त्री नियुक्त हुने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० फागुन । राष्ट्रियसभा सदस्यको कार्यकाल सकिनु केही घण्टा अगाडी अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् ।

उनको राजीनामा राष्ट्रपति कार्यालय पुगिसकेको छ ।

खतिवडाले मंगलबार नै पुनः मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए ।
उनले राजीनामा दिएपनि उनको पुनः नियुक्त हुने भनिएको छ ।

स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गर्ने जनाइएको छ । यस व्यवस्थाअनुसार मन्त्री नियुक्त भएको ६ महिनाभित्र संघीय सांसदका सदस्य बन्नुपर्नेछ ।

उनको पुनः नियुक्ति भोलि हुन सक्ने जनाइएको छ ।