
काठमाडौँ, २० फागुन । त्रिवि शक्षिण अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधि दिन सुरु गरिएको जानकारी दिएको छ ।
अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै मिर्गौला प्रत्यारोपण तयारीका लागि अस्तताल भर्ना गरिएको दोश्रो दिन सम्पूर्ण परीक्षण गरी औषधि दिन सुरु गरिएको जनाएको हो ।
अस्पतालका अनुसार विभिन्न विशेषज्ञहरुले उनको स्वास्थ्य जाँच गरिरहेका छन् भने डायलसिस पनि गरिने जनाइएको छ ।















प्रतिक्रिया