१ कार्तिक २०८३, आइतबार

प्रदेश खेलकुद विकासका ५ निर्णयहरु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, २० फागुन । प्रदेश खेलकुद विकास परिषदको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । प्रदेश राजधानी हेटौँडामा परिषदका अध्यक्ष तथा सामाजिक विकास मन्त्री युवराज दुलालको अध्यक्षतामा बसेको बैठकले विभिन्न महत्वपुर्ण निर्णयहरु गरेको छ ।

निर्णयहरु :

१. प्रदेश स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन कार्यविधि २०७६ स्वीकृत गर्ने ।

२. प्रदेश खेलकुद प्रतियोगितामा फुटबल, क्रिकेट, एथेलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, भलिबल र ब्याडमिन्टन गरी जम्मा ८ खेलहरु समावेश गर्ने

३. खेलकुद प्रतियोगिता सञ्चालन गर्ने क्लब तथा संघसंस्था अनुदान कार्य्विधि २०७६ संशोधन गर्ने ।

४. प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्लास्तरीय प्रतियोगिता सञ्चालन गर्दा जिल्ला खेलकुद विकास समितिका प्रत्येक कार्यालयलाई प्रतियोगिता सञ्चालनका लागि रु आठ लाख अनुदान दिने ।

५. प्रदेश खेलकुद प्रतियोगिता सञ्चालनको अनुमानित लागत रु आठ करोड रहेको तर परिषद्को चालु आ व को स्वीकृत बजेट रु दुई करोड मात्र विनियोजन भएकोले अपुग रु ६ करोड आर्थिक मामिला तथा योजना मन्त्रालयबाट स्रोत सुनिश्चितता गरिएको आशयको पत्र सामाजिक विकास मन्त्रालयबाट प्राप्त भएकाले बजेट बाँडफाँड गर्दा संलग्न ८ करोडको अनुमानित खर्च विवरणलाई स्वीकृत गर्ने । आदि निर्णय भएको कुरा परिषद्का सदस्यसचिव सुर्यलाल भण्डारीले बताएका छन् ।

प्रदेश स्तरमा यति ठूलो धनराशिको खेलकुद प्रतियोगिता हुन लागेको नेपालमा पहिलो हो । प्रदेश खेलकुद विकास परिषदले प्रतियोगिताको क्रममा खेलाडी प्रशिक्षक तथा निर्णायकहरुले पाउने सुविधाहरुमा पनि उल्लेख्य वृद्धि गरेको छ ।

खेलाडीले खेल अवधि भर खाना र बस्नको लागि दैनिक रु दुई हजारका दरले भत्ता पाउनेछन् । जब कि राष्ट्रिय खेलकुद परिषद्ले अहिले पनि १४०० दिने गरेको छ ।

त्यस्तै प्रदेश खेलकुद विकास परिषदले प्रतियोगिता अवधि भर खेलाडी घाइते भएमा १५ लाख रुपैयाँसम्मको र मृत्यु भएमा ३० लाख रुपैयाँको अनिवार्य बिमा गरिदिने भएको छ । यस्तो प्राबधान पनि पहिलोपटक प्रदेश खेलकुद विकास परिषद, बागमती प्रदेशले सुरुवात गरेको हो ।