६ कार्तिक २०८३, शुक्रबार

सभागृहमा प्रचण्डका सुरक्षा गार्ड ‘निहुरमुन्टी’ परेपछि…

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । मञ्चमा मुख्य वक्ताका रुपमा थिए प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष डा। प्रकाशचन्द्र लोहनी । कार्यक्रम थियो, भरतमोहन अधिकारीको प्रथम स्मृति सभा ।

लोहनी भाषण गरुन्जेल माहौलमा हाँसो टड्कारो थियो, लगत्तै पालो आयो प्रचण्डको । प्रचण्डले अधिकारीलाई कम्युनिस्ट आन्दोलनका अभिभावक भएको, ०३६ सालमा भारतमा भेटभएको लगायतका सबै कुरा बताए ।

सत्तारुढ पार्टीका अध्यक्षको सुरक्षा घेरामा सशस्त्र प्रहरीका एक जना सई बायाँपट्टी अडियमभन्दा निक्कै पर थिए, अर्का इन्स्पेक्टर दायाँपट्टी । शालिन माहौलमा प्रचण्डले अधिकारीको कर्मका विषयमा नै शव्द खर्च गरिरहेका थिए । प्रचण्डको भाषणको फेसबुक लाइभ गरिरहेका थिए अगाडि पट्टीबाट प्रेस सल्लाहकार विष्णु सापकोटा, जुगल १

जब प्रचण्डले बिट मारे र सीटतिर निस्कन खोज्दै थिए, लाइभदेखि रेकर्ड गरिरहेका मिडियाकर्मीको माझबाट एउटा जुत्ताले लक्षित गरेर हिर्काइयो । प्रचण्डलाई हिर्काएको थाहा भएन किनभने उक्त जुत्ता उनले केही सेकेन्डअघि छाडेको अडियममा लाग्यो । जसको दाग अहिले पनि राष्ट्रिय सभा गृहको उक्त हलमा अडियमको देव्रेपट्टी अझै  देखिन्छ ।

तोडले हानिएको जुत्ताले प्रचण्डलाई छोएन । तर जुत्ता हानेको चाल पाएपछि ति युवकमाथि आक्रमण गर्न सबैभन्दा पहिला पुगे जुगल । त्यसबेलासम्म पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डका सुरक्षा गार्ड त्यहाँ पुग्न सकेका थिएनन् ।

जुत्ता प्रहार हुँदा त उनको सुरक्षामा खटिएका सई ‘निहुरमुन्टी’ लगाएर उभिरहेका थिए, इन्स्पेक्टरको चालचुल थिएन । जब, जुत्ता हान्ने रतन तिरुवालाई जुगललगायतका नेकपाका कार्यकर्ताले पक्राउ गरी लात्ती हान्न थाले, त्यसपछि सुरक्षा गार्ड ड्यासभन्दा तल झर्न भ्याए । तिरुवालाई पक्राउ गरी दुई चड्कन त लगाए तर प्रचण्डमाथिको सम्भावित आक्रमणको विषयमा सुरक्षा गार्ड चनाखो रहेको पाइएन ।

त्यसबेलासम्म भएको के भन्ने विषयमा प्रचण्डलाई थाहा नै थिएन । माहौल अर्कै बनेपछि उनका प्रेस सल्लाहकारले भनिदिए,‘अध्यक्ष ज्यू तपाईमाथि जुत्ता हानियो १’

एक त जुत्ता प्रहारको अवस्था आउन नदिन चनाखो नभएका सुरक्षाकर्मीले तिरुवाले प्रहार गरेको जुत्तालाई भकुन्डो जसरी लात्ताले हानेर अडियमको देव्रे साइडमा रहेको कक्षतिर फ्याँकेका थिए ।

खालीखुट्टा नै पक्राउ गरिएका तिरुवाको अर्को जुत्ता पनि भेटिएन ।  प्रचण्डमाथि जुन जुत्ता प्रहार गरिएको थियो, त्यसको तस्बिर लिनुभन्दा अगाडि नै प्रहरीले जुत्ता लुकाइसकेको रहेछ १

तिरुवा सशस्त्र द्वन्द्वकालमा माओवादीमा लागेका वेपत्ता भएका बाबुका छोरा रहेछन् । केही समय नेत्रविक्रम चन्द विप्लवको विद्यार्थी संगठनमा कार्यरत तिरुवा लोक सेवा आयोगमा नायव सुब्बाको परिक्षाको तयारी गरिरहेको खुलेको छ ।

उनले प्रचण्डको मुखबाट वर्गसंघर्षको कुरा गरेको नसुहाएका कारण जुत्ताले प्रहार गरेको स्वीकार गरेका छन् । वेपत्ता भएका बाबुको हालखबर हुने अवस्था नल्याउने प्रचण्डले वर्गीय उत्थानको कुरा गर्न नसुहाउने उनको दलील रहँदै आएको छ । तैपनि प्रहरीले उक्त प्रकरणमा महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाको नेतृत्वमा डिएसपी होविन्द्र बोगटी र इन्स्पेक्टर युवराज तिमल्सिना सदस्य रहेको छानबिन समिति गठन गरिसकेको छ ।