६ कार्तिक २०८३, शुक्रबार

घर खरिदकाे ऋणमा बैंकले ल्यायाे खुकुलो नीति

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २० फागुन । नेपाल राष्ट्र बैंकले घर खरिद गर्नका लागि खुकुलो नीति लिएको छ ।

राष्ट्र बैंकले चालु अर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा गर्दै घर खरिद गर्नका लागि खुकुलो नीति ल्याएको हो । अब बैंकहरूले पहिलो घर निर्माणका लागि आम्दानीको ६० प्रतिशतसम्म ऋण दिन पाउनेछन् ।

यसअघि ५० प्रतिशतमात्र थियो । उपत्यकाभित्रको धितो मूल्यांकनको ५० प्रतिशत र उपत्यकाबाहिरको धितो मूल्यांकनको ६० प्रतिशतसम्म ऋण दिन सक्नेछन् ।

राष्ट्र बैंकले काठमाडौं उपत्यकाभित्र धितोको मूल्यांकनको ४० प्रतिशत र काठमाडौं बाहिर धितो मूल्यांकनको ५० प्रतिशत ऋण दिनसक्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्थालाई राष्ट्र बैंकले परिमार्जन गर्दै खुकुलो नीति लिएको हो ।

बैंक तथा वित्तीय संस्थाबाट २ करोड रुपैयाँसम्मको ऋण लिँदा कर चुक्ताको प्रमाण पत्र नचाहिने भएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् जति रकम ऋण लिँदा पनि कर चुक्ताको प्रमाण पत्र अनिवार्य गरिएको थियो। जसकारण बैंकिङ क्षेत्रमा कर्जा प्रवाहमा सुस्तता थियो ।

कर चुक्ताको प्रमाणपत्र अनिवार्य गरिएपछि साना तथा मझौला उद्यमीले नयाँ ऋण लिन सकेका थिएनन् भने पुरानो ऋण पनि नविकरण हुन सकेको थिएन।

राष्ट्र बैंकको नयाँ व्यवस्थाले खास गरी मध्यम वर्गलाई सहुलियत दिने भएको छ। व्यक्तिगत प्रयोजनका लागि घर किन्दा वा बनाउँदा पनि २ करोड रुपैयाँसम्मको ऋणमा कर चुक्ताको प्रमाण पेस गर्नु नपर्ने भएको छ। तर कर दाखिला गरेको प्रमाण पत्र भने पेस गर्नुपर्नेछ।

प्राथमिकताप्राप्त क्षेत्र कृषि, पर्यटन, ऊर्जा र साना तथा मझौला उद्योगले पनि कर दाखिला प्रमाण पत्र बुझाएमात्रै हुने भएको छ।