काठमाडौं, २४ फागुन । सरकारले नयाँ ग्यास सिलिन्डरको कालो बजारी बढेको भन्दै भारतबाट आयात गरिने रित्ता नयाँ सिलिन्डरमा प्रतिविन्ध लगाउने निर्णय गरेको छ ।
बजारमा कतै फेला नपरेका आठ लाख ग्यास सिलिन्डर खोजी गर्न पनि सरकारले आदेश दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिको बैठकले एक महिनाको समयसीमा तोकेरै यो अवधिमा नयाँ खाली सिलिन्डर नल्याउने निर्णय गरेको हो ।
सरकारले नेपालमै सिलिन्डर निर्माण गर्ने तीनवटा कम्पनीलाई पनि एक महिनाको अवधिमा नयाँ सिलिन्डर बेच्न नदिने निर्णय गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
वाणिज्यमन्त्री सुनीलबहादुर थापाले बजारमा कृतिम अभाव रोक्न र एकमात्र सिलिन्डर हुने निम्न वर्गमा ग्यास सहज होस् भनेर यस्तो निर्णय गरिएको बताए ।
पर्याप्त ग्यास आपूर्ति भए पनि बजारमा ग्यास अभाव देखिनुमा विक्रेताको अनुमति पाएका ५५ वटा ग्यास कम्पनीहरुले पुराना सिलिन्डरमा ग्यास नभर्ने र नयाँ सिलिन्डर बेच्ने प्रवृति जिम्मेवार रहेको र यसले कालोबजारी बढाएको सरकारको निष्कर्ष छ ।















प्रतिक्रिया