
डडेल्धुरा, १९ फागुन । नवदुर्गा गाउँपालिका वडा नं.१ सुनकोटमा रहेको एउटा किराना पसलबाट ३७० ग्राम चरेस सहित एक जना व्यक्ति पक्राउ गरेको छ ।
सुनकोट १ मा किराना पसल गरि बस्ने ३७ वर्षीय ईन्द्र बहादुर भुललाई प्रहरीले विशेष शुराकीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
सोमबार लागु औषध (चरेस) कसुरमा मुद्धा दर्ता गरी जिल्ला अदालत डडेल्धुराबाट १५ दिनको म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाढी बढाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताएका छन् ।















प्रतिक्रिया