१ कार्तिक २०८३, आइतबार

महिला बलत्कार गर्ने सशस्त्रका हवल्दार पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatkadi Pakrauसिरहा, २४ फागुन । सशस्त्र प्रहरी बेस क्याम्प सिरहा सुखिपुरमा कार्यरत सशस्त्र प्रहरी हबल्दार प्रमोदकुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुखिपुरबासीले स्थानीय एक महिलालाई जबरजस्ती करणीको आरोप लगाएपछि प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी हबल्दार श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय सिरहामा थुनामा राखी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रामकृपाल साहले बताएको कान्तिपुर दैनिकले छापेको छ ।

ईलाका प्रहरी कार्यालय सुखिपुरका प्रहरी नायब निरीक्षक आशनारायण चौधरीले राम्रो चिनाजान रहेको स्थानीय एक युवकको पत्नीसँग सशस्त्र प्रहरी हबल्दार श्रेष्ठ होली पर्वको अवसरमा रंग खेल्न गएपछि विवाद भएको बताए ।