१ कार्तिक २०८३, आइतबार

कोरोना भाइरसबाट अमेरिकामा दोस्रो संक्रमितको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १९ फागुन ।  चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण अमेरिकामा दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ । कोरोना भाइरसका कारण अमेरिकामा स्थानीय समयअनुसार शनिबार राति दोस्रो व्यक्तिको मृत्यु भएको छ ।

अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार वासिंगटनको किंग काउन्टीमा शनिबार एक जनाको मृत्यु भएको हो । किर्कल्यान्डको एभरग्रीन अस्पतालमा भर्ना भएका बिरामी ७० वर्षीय पुरुष रहेको अमेरिकी स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्। यसअघि शनिबार नै वासिंगटनमा एक जनाको मृत्यु भएको थियो।

कोभिड–१९ का कारण अमेरिकामा मृत्यु हुनेको संख्या २ र अमेरिकी नागरिकको संख्या ३ पुगेको छ। यसअघि चीनको वुहानमा रहेका एक ६० वर्षीय अमेरिकी नागरिकको मृत्यु भएको थियो। कोभिड–१९ का कारण चीनमा आइतबार थप ४२ जनाको मृत्यु भएको छ। चिनियाँ स्वास्थ्य आयोगका अनुसार चीनमा आइतबार थप २०२ जनामा संक्रमण देखिएको छ।

चीनमा पछिल्लो समय मृत्यु हुने र संक्रमितको संख्या घट्दै गएको छ। सोमबार बिहानसम्म चीनमा दुई हजार ९सय १२ जनाको मृत्यु भएको छ भने ८० हजार २६ जनामा संक्रमण देखिएको छ।

चीनपछि सबैभन्दा बढी इरानमा ५४ जनाको मृत्यु भएको छ। सोमबार बिहानसम्म इरानमा ९सय ७८ जनामा संक्रमण देखिएको छ। त्यस्तै चीनबाहिर सबैभन्दा बढी संक्रमित दक्षिण कोरियामा रहेका छन्। दक्षिण कोरियामा सोमबार बिहानसम्म संक्रमितको संख्या ४ हजार २ सय १२ पुगेको छ भने मृतकको संख्या २२ पुगेको छ।