१ कार्तिक २०८३, आइतबार

चीनका लागि नेपाली राजदूत पौडेललाई १५ दिनमा फिर्ता हुन निर्देशन

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ फागुन । सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने भएको छ । आइतबारको मन्त्रिपरिषदको बैठकले पौडेललाई १५ दिनभित्र नेपाल फिर्ता हुन निर्देशन दिएको हो ।

उनलाई किन फिर्ता बोलाइएको भन्ने कारण भने खुलाइएको छैन ।

त्यसैगरी, सरकारले ५ जना सचिवको सरुवा गरेको छ भने सहसचिव एकनारायण अर्याललाई सचिवमा बढुवा गर्दै महानगरपालिकामा पदस्थापन गर्ने भएको छ ।

मन्त्रिपरिषद बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरेको छ ।

त्यस्तै, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरेको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिवालाई उद्योग तथा वाणिज्य मन्त्रालयमा सरुवा गरिएको छ भने उद्योग मन्त्रालयका सचिवलाई महिला मन्त्रालयमा सरुवा गरिएको छ ।