१ कार्तिक २०८३, आइतबार

यसकारण भ्रमण वर्ष २०२० स्थगित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ फागुन । सरकारले कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेको छ । बालुवाटारमा बसेको आइतबारको मन्त्रिपरिषदको बैठकले कोरोनाको प्रभावले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष स्थगित गरेर सन् २०२२ लाई भ्रमण वर्ष घोषणा गर्ने प्रस्ताव गरेको जनाइएको छ ।

त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पनि भ्रमण वर्ष २०२० लक्षित सबै किसिमका प्रचारप्रसार तत्कालका लागि स्थगन गरिएको जनाएको छ ।

पर्यटनमन्त्री योगेश भट्टराईले आन्तरिक पर्यटन प्रवद्र्धनमा लाग्ने तथा कोरोना भाइरसको संक्रमणलाई रोक्न कदम चालिने बताए । साथै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि वैकल्पिक रणनीतिहरु अवलम्बन गरिने पनि बताइएको छ ।