
विराटनगर, १८ फागुन । प्रेस संगठन नेपाल मोरङ जिल्ला सदस्यहरुलाई आइतबार यहाँ सपथ ग्रहण गराइयो ।
संगठनका केन्द्रीय सह इन्चार्ज गणश वस्नेतले मोरङ संयोजक र उप संयोजक सुदिप कोइराला र गोकुल पराजुली सहित ३५ जना सदस्यहरुलाई सपद ग्रहण गराए ।
सोही अवसरमा संगठनका केन्द्रीय संयोजक राजेन्द्र गौतमले सञ्चारकर्मीहरुले जननिर्वाचित सरकारले गरेका राम्रा कार्यहरुको सत्य र तथ्यका आधारमा जनतामा सूसुचित गराउन आग्रह गरे ।
उनले प्रेसको सुधार र विकासका लागि वर्तमान सरकारले कार्य गरिरहेको जानकारी दिँदै प्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

संगठन सह संयोजक वस्नेतले मिशन पत्रकातिा अहिले अन्त्य भएको बताउदै विचार र व्यवसायिक दक्षतावाट कार्य गर्न अनुरोध गरे ।
नेपाल कम्यूनिष्ट पाटी(नेकपा)का केन्द्रीय सदस्यहद्वय महेश रेग्मी, विनोद ढकाल, जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल र सचिव गणेश उप्रेतीले लोकतन्त्रलाई स्थायित्व गर्न सञ्चारकर्मीहरुको ठूलो भूमिला रहन्छ भने ।
प्रेस चौतारीका पूर्व अध्यक्ष राजेन्द अर्याले सङ्घीयता कार्यान्वयन सहित सामाजिक दायित्व निभाउन आग्रह गरे ।
नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष विक्रम लुईलेटल, महासचिव विवेक गौतम,नेकपा मोरङ प्रचार विभाग प्रमुख मणि दाहाल,संगठनका प्रदेश संयोजक राजन केडी,इन्र्जाच लिलाराज भट्टराई, संंगठन मोरङका इन्चार्ज सुदीप कोइराला र चन्द्र न्यौपानेले सञ्चारकर्मीलाई जीवनयापन पुग्ने पारश्रमिक भुक्तानीको व्यवस्था हुनुपर्ने बताए ।

संगठनका केन्द्रीय संयोजक गौतमले सोही समारोहमा कृणप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कारवाट अन्नपूर्ण दैनिकका किशोर वुढाथोकीलाई नगद रु १० हजार १११ सहित सम्मान पत्रवाट पुरस्कृत गरे ।















प्रतिक्रिया