१ कार्तिक २०८३, आइतबार

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन शहिद परिवारका होइनन् : नेकपा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ फागुन । सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गर्ने रतन तिरुवा शहिद परिवारको नरहेको नेकपा जुम्लाले पुष्टि गरेको छ । प्रेस विज्ञप्तिमार्फत नेकपा जुम्लाले रतनको दावी असत्य रहेको उल्लेख गरेको छ ।

नेकपा जुम्लाका अध्यक्ष वीरबहादुर कुँवरले विज्ञप्ति जारी गरेर तिरुवा नेकपामा नरहेको पनि स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा भनिएको छ ‘जति निन्दा गरे पनि नपुग्ने उक्त अराजनीतिक उद्दण्ड, आतंककारी कार्यमा संलग्न जुम्ला जिल्ला सिञ्जा गाउँपालिका निवासी मुन तिरुवाको छोरा कथित रतन तिरुवा भन्ने व्यक्ति कुनै शहिद परिवार र हाम्रो पार्टीको पनि समर्थकसम्म नभएको उक्त व्यक्ति विप्लव समूहको गतिविधिमा रहेको जानकारी गर्दछु ।’

माओवादीले तयार पारेको ११२२० जना सहिदको सूचीमा पनि रतनका पिताको नाम भेटिएको छैन । १०९४ जना बेपत्ता योद्धाहरुको सूचीमा पनि रतनका बुबा मनु तिरुवाको नाम नभेटिएको नेकपाले जनाएको छ ।