
डडेल्धुरा, १८ फागुन । पर्यटन वर्ष २०२० लाई सफल पार्न डडेल्धुरा जिल्लामा ११ दिनसम्म लागेको महोत्सवमा १ लाख दर्शकले अवलोकन गरेका छन् ।
सुखी नेपाली समृद्ध नेपाल कृषि, पर्यटन,उद्योग र व्यापार,समृद्धिको आधार मुख्य नारासहित उद्योग वाणिज्य संघ डडेल्धुराले फागुन ८ गतेदेखी १८ गतेसम्म महोत्सवको आयोजना गरेको थियो ।

डडेल्धुरा जिल्लाका विभिन्न पर्यटकीय तथा धार्मीक क्षेत्रहरुको प्रचार प्रसार हुने गरि र आन्तरिक तथा बाह्य पर्यटकहरुलाई डडेल्धुरा जिल्लाको अवलोकन गराउनुका साथै स्थानीय औद्योगीक वस्तुको प्रचार प्रसारका लागी महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष लोकराज भट्टले बताए ।
आन्तरिक तथा बाह्य गरि करिब ३ लाख व्यक्तिहरुबाट महोत्सवको अवलोकन गराउने लक्ष्य राखेर महोत्सवको तयारी भएको भए पनि मौसम प्रतिकुल भई केही दिन महोत्सव प्रभावित भएकोले अवलोकन गर्नेहरुको संख्यामा कमी भएको समेत अध्यक्ष भट्टले बताए ।

डडेल्धुरा जिल्लामा लागेको चौथौ कृषि,पर्यटन,औद्योगिक व्यापार मेलामा स्थानीय उत्पादन र स्थानीय खानाका परिकारहरुलाई विषेश ग्राह्यता दिईएको थियो ।

११ दिनसम्म चलेको व्यापार तथा रमाईलो मेलामा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुका विभिन्न प्रस्तुति रहेका थिए ।
मेलाको उदघाटन सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री पठानसिह बोहराले गरेका थिए भने कार्यक्रमको समापन जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टले गरेका हुन ।















प्रतिक्रिया