
ललितपुर, १८ फागुन । महिला एवं बालबालिकाको पहलमा सुरु गरिएको गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाई निरन्तर अभियानको ५२औँ हप्ताको सरसफाई आइतबार उत्साहपूर्वक सम्पन्न भएको छ । आज विसुनडोल पुल वरिपरि सवतस्फुर्त रुपमा सरसफाई भएको हो ।
आजको यस अभियानमा जर्मनी हाम्बर्गका एनआरएन भाइस प्रेसिडेन्ट जोन लामाको समेत सहभागिता रहेको थियो । उनले आजको यस सरसफाइ अभियानको लागि पन्जा, मास्क उपलब्ध गराएका थिए ।
सरसफाई अभियानमा अनन्त ईङलीस स्कुलका शिक्षक धिरज खड्का, विद्यार्थीहरु, निरा गृहिणी समाजका निरा तिमल्सिना, सामाजिक अभियन्ता चक्र बहादुर चन्द लगायत स्थानीय वासिन्दाहरुको सक्रिय सहभागिता रहेको सरसफाई अभियानका अभियन्ता रञ्जिता श्रेष्ठ खत्रीले बताए ।
















प्रतिक्रिया