
काठमाडौँ, १८ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका २२ वर्षीय रतन तिरुवा रहेका छन् ।
उनले प्रचण्डको भाषण चित्त नबुझेकोले आवेशमा जुत्ता प्रहार गरेको बताएका छन् । उनलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई खाली खुट्टा हिरासत लगिएको छ ।
हाल ललितपुरको डल्लु क्षेत्रमा बस्ने तिरुवा सुर्खेतमा अमिन पढेका थिए । त्यस्तै उनले युद्धमा बुबा गुमाएको बताइएको छ । त्यही आक्रोशमा उनले जुत्ता प्रहार गरेको हुनसक्ने प्रहरीले बताएको भएपनि उनले भाषण चित्त नबुझेर आवेगमा जुत्ता प्रहार गर्न पुगेको बताए ।
राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा सम्बोधनपछि प्रचण्डलाई ताकेर जुत्ता जुत्ता हानेका थिए । तर प्रचण्डसम्म जुत्ता पुगेन ।















प्रतिक्रिया