१ कार्तिक २०८३, आइतबार

राष्ट्रिय अनुसन्धानमा जागिर लगाई दिन्छु भन्दै साढे २६ लाख ठग्ने पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ फागुन । ठगी मुद्दामा फरार बैतडीका दशरथचन्द नगरपालिका वडा नं. १ बस्ने रमेश बडु पक्राउ परेका छन् । उच्च अदालत पाटनले २०७५ कात्तिक १६ गते बडुविरद्ध २ महिना ४ दिन कैदसहित २ लाख ५० हजार रुपैयाँका तोकेको थियो ।

बडु फरार रहेपछि महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले यही फागुन १८ गते ललितपरको नख्खुबाट पक्राउ गरी आजै काठमाण्डौँ जिल्ला अदालतमा उपस्थित गराएको छ ।

बडुले नेपाली सेनाको अहरी दमन सिंहदरबार गणमा कार्यरत सिपाही भिम बहादुर भण्डारीलाई आफूले रक्षा मन्त्रालयको सचिवलाई चिनेको छु ।

शान्ति सेनामा पठाईदिने भन्दै २ लाख ५० हजार रुपैयाँ बैंकमा जम्मा गर्न लगाई ठगी गरेको थिए । त्यस्तै, राष्ट्रिय अनुसन्धानमा जागिर लगाई दिन्छु भन्दै अन्य २ जनाबाट २४ लाख ठगी गरेको पनि बुझिएको महाशाखाले जनाएको छ ।