१ कार्तिक २०८३, आइतबार

ग्लोबल आइएमई बैंक, एफवीन र आईएलओबीच सम्झौता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ फागुन । ग्लोबल आइएमई बैंक लि., महिला उद्यमी महासंघ नेपाल (एफवीन) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालबीच महिलाले सञ्चालन गरेका घरेलु, साना तथा मझौला व्यवसायको विकास तथा विस्तारमा आवश्यक वित्तीय पहुँच पु¥याउने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, महिला उद्यमी महासंघका अध्यक्ष रिता सिंहा र अन्तर्राष्ट्रिय श्रम संगठन, नेपालका निर्देशक रिचार्ड होवार्डले काठमाडौँमा आयोजित सार्कस्तरीय रोजगारदाता मञ्चको एक कार्यक्रममा आ–आफ्नो संस्थाको तर्फबाट समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार तीनवटै संस्थाले महिलाद्वारा प्रवर्द्धित घरेलु, साना तथा मझौला व्यवसायमा सहज तथा सरलरुपमा वित्तीय पहुँच पु‍र्याउन संयुक्तरुपमा काम गर्नेछन् ।

बैंकले घरेलु, साना तथा मझौला उद्योगलाई आवश्यक कर्जा सरल र सहज रुपमा लगानी गर्नेछ भने अन्तर्राष्ट्रिय श्रम संगठनले महिला उद्यमीहरुको क्षमता अभिवृद्धिमा सहयोग गर्नेछ ।

यसबाट संयुक्त राष्ट्र संघको दिगो विकाससम्बन्धी लक्ष्यको लैंगिक समानता तथा महिला सशक्तीकरणको उद्देश्य प्राप्तिमा सहयोग पुग्ने बताइएको छ ।