१ कार्तिक २०८३, आइतबार

मन्त्री यादवले मौरिससका प्रधानमन्त्रीसँग भेटवार्ता

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ फागुन । मौरिससको भ्रमणमा रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले त्यहाँका प्रधानमन्त्री प्रविन्दकुमार जुगनाउथसँग आज पोर्टलुइस स्थित प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।

भेटका अवसरमा गत जुन २०१९ मा सम्पन्न श्रम समझदारीको कार्यान्वयन लगायत दुई देशबीच आपसी हितका विविध विषयमा कुराकानी भएको थियो ।

सो अवसरमा आगामी अप्रीलमा नेपालले आयोजना गर्ने सगरमाथा सम्वादमा प्रधानमन्त्री केपी शर्मा ओलीले मौरिससका प्रधानमन्त्री जुगनाउथलाई गरेको निमन्त्रणा स्मरण गराउँदै यस वर्ष ‘जलवायु परिवर्तन शीर्षकमा सम्वाद हुन गईरहेको र नेपाल तथा मौरिसस दुवै देश यसबाट पर्ने असरबाट जोखिमयुक्त रहेकाले मौरिससको सहभागिता महत्वपूर्ण हुने कुरा मन्त्री यादवले उल्लेख गरेको सहसचिव एवम प्रवक्ता सुमन घिमिरेले जनाएका छन् ।

मन्त्री यादवले नेपालको प्राथमिकता प्राप्त पूर्वाधार क्षेत्र, जलविद्युत तथा पर्यटन लगायतका क्षेत्रमा मौरिससवाट लगानीको लागि आव्हान समेत गरे ।

मौरिससका प्रधानमन्त्री महामहिम जुगनाउथदले नेपालले अन्तराष्ट्रिय स्तरको सम्वाद आयोजना गर्न लागेकोमा खुशी व्यक्त गर्दै मौरिससको तर्फबाट उच्चस्तरको सहभागिता रहने आश्वासन समेत व्यक्त गरे ।

तत्पश्चात मन्त्री यादव र मौरिससका कृषि, उद्योग तथा खाद्य सुरक्षा मन्त्री महामहिम महेन् कुमार सिरुतनसँग भएको कुराकानीमा मौरिससको कृषि क्षेत्रमा नेपाली कामदारहरुको लागि रोजगारीको सम्भावनाका बारेमा कुराकानी भएको थियो ।

यस अघि मन्त्री लगायतका नेपाली प्रतिनिधिमण्डललाई मौरिसस पक्षले त्यहाँको व्यवस्थापिका नेसनल एसेम्वलीको सभा सञ्चालनको प्रत्यक्ष अवलोकन गराएको थियो । सो अवसरमा मन्त्री लगायत प्रतिनिधि मण्डलका सदस्यहरुलाई मौरिससका सभामुखले स्वागत गरेका थिए ।

त्यस्तै, शनिबार विहान मन्त्री यादवले मौरिससका श्रम मानव श्रोत विकास तथा तालीम मन्त्री सुदेश सत्कम कालिचरनसंग गत जुनमा सम्पन्न भएको श्रम समझदारीको प्रभावकारी कार्यान्वयका लागि दुवै पक्षवाट निरन्तर सहकार्य गर्दै जाने बारेमा घनिभूत छलफल भयो ।

तत् पश्चात द्विवक्षीय समझदारी अनुरुपको संयुक्त कार्य समूहको वैठक बसेको थियो । उक्त अवसरमा सम्झौता अनुरुपको मर्या्दित कामदार भर्नासँग सम्बन्धित सबै प्रकियाहरुका विषयमा तथा सोसंग सम्वन्धित लागतहरुको बिषयमा समेत विस्तृत छलफल भयो ।

त्यसैगरी आजै मौरिसस स्थित रोजगारदाताहरुको संगठनका प्रमुख तथा प्रतिनिधिहरुसंग विदेशी कामदारको माग रहेका पूर्वाधार, होटल, उत्पादन, सुरक्षा, सेवा लगायतका क्षेत्रहरुका बारेमा विस्तृत छलफल भयो । सो अवसरमा मौरिसस पक्षले नेपाली कामदार पठाउँदा मर्यादित कामदार भर्ना प्रकृया अपनाउन जोड दिएको थियो ।

साथै आज माननीय मन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डलले पोर्टलूइस स्थित बेजींग कन्सट्रक्सन कम्पनीमा नेपाली श्रमिकहरुसँग बैठक गरी आवश्यक जानकारी लिने कार्य समेत सम्पन्न भयो ।

यादव मौरिशसका श्रम, मानव श्रोत विकास तथा तालीम मन्त्री महामहिम सुदेश सत्कम कालिचरनको निमन्त्रणामा मौरिशसको औपचारिक भ्रमणमा रहनु भएको र माननीय मन्त्री यादवसँगै मन्त्रालयका सचिव विनोद के सी नेत्तृत्वमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल संयुक्त कार्य समूहको वैठकमा सहभागी रहेको छ ।