१ कार्तिक २०८३, आइतबार

अमेरिकामा कोरोनाका कारण एकजना मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युर्याेक, १८ फागुन । कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा पनि एक जनाको ज्यान गएको छ ।

वाशिङ्टनमा उपचारको क्रममा रहेका एक जनाको ज्यान गएको अमेरिकी सरकारले पुष्टि गरेको बीबीसीले जनाएको छ । कोरोनाको कारण एक जनाकाे ज्यान गएपछि वाशिङ्टनका गभर्नरले आपत्कालीन अवस्थाकाे घाेषणा गरेका छन् ।

यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काेराेना भाइरसकाे सम्भावित खतरा रहेको तर खतरासँग लड्न अमेरिका तयार रहेको बताएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि चीन र इरानसँगको यात्रामा कडाइ गरेको अमेरिकाले इटली र दक्षिण कोरियासँगको यात्रामा पनि कडाइ गरेको छ ।

चीनबाट फैलन सुरु भएको कोरोना भाइरसकाे सङ्क्रमण अहिले विश्वका ६० भन्दा धेरै देशमा फैलिसकेको छ भने झण्डै तीन हजार जनाको ज्यान गएको बीबीसीले जनाएको छ । कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ८६ हजार नाघेको छ ।