१ कार्तिक २०८३, आइतबार

कोरोना भाइरसले गर्दा विदेशमा भ्रमण वर्षको प्रचार स्थगित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १७ फागुन । विदेशमा नेपाल भ्रमण वर्ष २०२० का लागि गरिने प्रचारप्रसार स्थगित गरिएको छ ।

कोरोना भाइरसले विश्वलाई नै त्रसित बनाइरहेकाले सरकारले विदेशमा हुने पर्यटनका लागि प्रचारप्रसारहरु तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विदेशमा हुने प्रचार प्रसारका काम स्थगित गरिएको जनाकारी दिए भने उनले आन्तरिक पर्यटन प्रवर्द्धनको गरिने बताए ।

कोरोना संक्रमणकै कारण भ्रमण वर्षलाई असर परेको पनि मन्त्री भट्टराईले बताए । ‘अब विदेशमा हुने पर्यटन प्रचारप्रसारका कामलाई केही समय स्थगन गर्दै हामी देशभित्रको पर्यटन प्रवर्द्धनको काममा बढी केन्द्रीत हुन्छौँ,’ काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रममा उनले भने ।

अनुकूल समय आएपछि तथा कोरोनाको त्रास घटेपछि विदेशमा प्रचारप्रसारको काम पुनः अघि बढाउने भट्टराईले जनाए ।