१ कार्तिक २०८३, आइतबार

कोरोना त्रासमा साउदीले बन्द गर्‍यो पर्यटक भिसा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन ।  कोरोना भाइरस संक्रमणको त्रासमा साउदी अरेबियाले पर्यटक भिसा बन्द गरेको छ ।

कोरोनाप्रभावित मुलुकबाट आउने पर्यटकका लागि अहिले प्रतिबन्ध लगाइएको साउदी सरकारले जानाएको छ।

साउदीले मक्का मदिना भ्रमणका लागि पनि प्रतिबन्ध लगाएको छ । साउदी सरकारको सेल्स टिमले बिहीबार विज्ञप्ति निकाल्दै भाइरस नियन्त्रण गर्न भिजिट भिसामा चीन, जापान, थाइल्यान्ड, मलेसिया, इन्डोसिया, दक्षिण कोरिया, इरान, इजिप्ट, पाकिस्तान, भारत, यमनलगायत मुलुकको नामै तोकेर पर्यटक भिसा उपलब्ध गराउन नसक्ने उल्लेख गरेको छ।

साउदीले मुलुकभित्र पनि उच्च सतर्कता अपनाएको जनाएको छ।