१ कार्तिक २०८३, आइतबार

वर्तमान सरकारको नेतृत्वको विकल्प छैन : उपप्रधानमन्त्री पोखरेल

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १६ फागुन । उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले वर्तमान सरकारको नेतृत्वको विकल्प नरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले वर्तमान प्रधानमन्त्री विधिसम्वत ढंगले नियुक्ति हुनु भएको हो र पार्टी भित्र अर्को प्रधानमन्त्रीका सम्बन्धमा खोजी चर्चा नभएको प्रष्ट पारे ।

रक्षामन्त्री पोखरेलले वर्तमान सरकार आफ्नो हैसियतमा रहेको रहेको छ भन्दै पार्टीको हवालावाट सार्वजनिक भएको समाचारप्रति अलमल र चिन्ता नलिन कार्यकर्तालाई आव्हान गरे ।

उनले नेपाल कम्यूनिष्ट पार्टी सचिवालयले पार्टी उपाध्यक्षलाई राष्ट्रिय सभामा मनोनितको सिफारिश गर्ने निर्णय आफ्नो प्रक्रियावाट भएको र कार्यान्वयन हुनका लागि भएको बताउँदै तर यसको विधि र प्रक्रिया रहेको र त्यसका विरुद्ध प्रधानमन्त्रीले केही नबोलेको जानकारी दिए ।

पार्टी सचिवलय सदस्य समेत रहनु भएका रक्षामन्त्री पोखरेलले निर्णय कार्यान्वयनमा कुनै समय र मिति नतोकिएको हुनाले यो हुन पनि सक्छ नहुन पनि सक्ने प्रष्ट पारे ।

एक प्रश्नको जवाफमा उनले एक व्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि मात्र संविधान संशोधन नगरी अभ्यास, अनुभव र औचित्यको आधारमा हुने छ भने ।

उनले मुलुकमा अस्थिरता उत्पन्न गर्न भइरहेको विभिन्न षडयन्त्रलाई परास्त गर्ने दावी गर्दै पार्टी भित्र समेत विवाद सिर्जना कार्य भइरहेको जानकारी दिए ।

रक्षामन्त्री पोखरेलले नेपाल ट्रष्टले सार्वजनिक गरेको स्वेतपत्र सत्य तथ्यको आधारमा भएको बताउँदै यसमा केही तिथिमिति तलमाथि भएको हुनसक्छ भने ।

उनले स्वेतपत्र कसैलाई वदनितपूर्णवाट होच्याउन नभएको भन्दै सर्वसाधारणलाई जानकारीका लागि सार्वजनिक गरेको र यसमा भएको केही मितिहरु सच्चाउने जानकारी दिए ।