१ कार्तिक २०८३, आइतबार

अमेरिकी राजदूतावासको कर्मचारी हुँ भन्दै ठग्ने एकजना पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ फागुन । महानगरीय प्रहरीले अमेरिका पठाउने भन्दै ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । अमेरिकी राजदूतावासमा काम गर्ने कर्मचारीको परिचयपत्र देखाएर अमेरिका पठाउने लोभ देखाई ठगी गर्ने ४१ वर्षीया केदार खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. ९ घर भइ काठमाडौंको थलीमा बस्दै आएका खड्कालाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको हो ।

खडकाले दिपक कार्की र विकास खड्काको नाममा अमेरिकन राजदूतावासको कर्मचारीको नक्कली परिचय पत्र बनाई विभिन्न व्यक्तिलाई ठगी गरेको पाईएको छ । प्रहरीले पिडितले दिएको उजुरीका आधारमा पक्राउ गरेको हो ।

खडकाले अहिलेसम्म १० जना भन्दा बढी व्यक्तिबाट अमेरिका पठाउने भन्दै ३० हजार रुपैयाँ देखि ४ लाख रुपैयाँ सम्म ठगी गरेको पाइएको छ । पीडितहरुले विभिन्न प्रलोभन देखाएर आफूहरुबाट पटक पटक पैसा लिएको बताएका छन् ।

खडकाले सुरुमा फोन गर्ने र अर्कैं व्यक्तिको नाम लिँदै तपाईको नम्बर लिएको बताउने गरेको पीडितहरुले बताएका छन् । काठमाडौंको बानियाँटारमा बस्दै आएका भिमबहादुर सुनारले खड्का आफ्नो घरमै आएर अमेरिकन राजदूतावासको आइडि कार्ड देखाएर एम्बेस्सिको मान्छे हुँ भनेर बताएको र एम्बेस्सिमा काम गर्ने मारिया भन्ने व्यक्तिको फोटो समेत देखाएकोले आफुहरुले विश्वास गरेको बताए ।

उनले आफ्नो धरानमा रहेका बहिनी ज्वाइलाई भेटेर अमेरिका लैजाने भन्दै ठगी गरेको बताए । काठमाडौँमा पनि महाराजगंजको पुलिसबिट अगाडि रहेको कफि हाउसमा बोलाएर कुरा गर्ने र पैसा लिएको बताए ।

खडकाले अमेरिकामा रहेका आफ्ना व्यक्तिसँगको डिपेण्डेन्टमा छिटो काम गरिदिने तथा एचआईभी सम्बन्धी कार्यक्रमका लागि २८ जना नेपाली लैजान सकिने भन्दै आफुहरुलाई लोभ देखाई प्रलोभनमा पारेको पिडितहरुले बताएका छन् । खड्काले बैंक र आइएमईको माध्यमबाट पैसा लिन नमान्ने गरेकोले नगद नै बुझाएको उनिहरुको भनाई छ ।

खडकाले पटक पटक सङ्का लाग्नेगरी कुरा गरेपछि पिडितहरुले प्रहरीमा उजुरी दिएका हुन् । रकम दिने वेलामा खडकाको फोटो खिचेको आधारमा आफुहरुले प्रहरीमा उजुरी दिएको समेत उनीहरुले बताए ।

खडकाले पटक पटक शंका लाग्नेगरी कुरा गरेपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका हुन् । रकम दिने वेलामा खडकाको फोटो खिचेको आधारमा आफूहरूले प्रहरीमा उजुरी दिएको समेत उनीहरूले बताए । खडकाले अहिलेसम्म १० जनाभन्दा बढीलाई ठगी गरेको पाइएको छ ।

त्यस्तै अमेरिका पठाउन भन्दै लिएको पासपोर्ट तथा नागरिकताबाट मोबाइल नम्बर निकालेको समेत पीडितहरूले बताएका छन् । प्रहरीले भने खडकालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।