१ कार्तिक २०८३, आइतबार

नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा

5.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ फागुन । नेपाल कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले जनाएको छ ।

डव्लुएचओको मुख्यालयमा विहीबार बसेको साप्ताहिक ब्रिफिङपछि नेपाललाई कोरोना भाइरस (कोभिड-१९)को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ ।

नेपालसँगै डव्लुएचओले दक्षिण एसियाका भारत श्रीलंका, पाकिस्तान र अगगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ ।

त्यस्तै, केही अफ्रिकी मुलुकहरु पनि उच्च जोखिममा रहेको जनाइएको छ । यसअघि चीनलाई मात्रै अति उच्च जोखिममा रहेको देशको रुपमा विश्व स्वास्थ्य संगठनले राखेको थियो ।

सुरुमा एकजना बाहेक अहिलेसम्म नेपालमा यसको संक्रमण देखिएको छैन । तर विश्वभर तीव्ररुपमा फैलने क्रममा रहेको यो भाइरस यदि नेपाल छिर्यो भने त्यसले भयावह अवस्था निम्त्याउन सक्ने भन्दै डव्लुएचओले अति उच्च जोखिमको सूचीमा राखेको जनाइएको छ ।

डव्लुएचओको यो जानकारी पाए लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक पूर्व तयारीलाई थप तीव्रता दिइएको बताएको छ । स्वास्थ्य विभागले देशव्यापी रुपमा कोरोना विरुद्धको अभियानमा लाग्न भन्दै अबको १५ दिन अरु कार्यक्रममा नलाग्ने र नगर्ने घोषणा गरिसकेको छ ।

सम्भावित प्रकोप रोक्नका लागि स्वास्थ्य विभागले आवश्यक कदम पनि चाल्न थालेको बताएको छ । आम जनताले आत्तिने अवस्था नभएको भए पनि सतर्क भने रहन जरुरी भएको विभागले जनाएको छ ।

यता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पनि उच्च सतर्कता अपनाउन मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले चासो व्यक्त गरेका छन् । आम जनतालाई आफ्नो तर्फबाट सचेत र सतर्क रहन र भीडभाडबाट बच्न अपील पनि गरिएको छ ।