
काठमाडौं, १६ फागुन । पछिल्लो समय इरानमा तिव्र गतिमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) ले महामारीको रुप लिएको छ । इरानकी उपराष्ट्रपति मसुमेह इब्तेकरलाई पनि कोरोना भाइरसको संक्रमण रहेको पाइएको छ ।
उनी इरानका चार जना उपराष्ट्रपतिमध्ये महिला मामिलासम्बन्धी उपराष्ट्रपति हुन्। उपराष्ट्रपति मसुमेहलाई कोरोनाको संक्रमण देखिएपछि अहिले उनलाई घरमै क्वारेन्टाइनमा राखिएको बताइएको छ ।
इरानमा कोभिड-१९ बाट संक्रमित हुने उनी सातौं उच्च सरकारी अधिकारी हुन्। उपराष्ट्रपति संगै अन्य धेरै उच्च पदस्थ व्यक्तिमा कोरोनाको संक्रमण भएको अन्र्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । इरानमा यसअघि उपस्वास्थ्य मन्त्रीलाई कोभिड-१९ देखिएको थियो।
इरानमा सबैभन्दा बढी कोम सहरमा कोभिड-१९ को संक्रमण देखिएको छ। संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि शुक्रबारको प्रार्थनाहरू रद्ध गरिएको छ। स्कुल र विश्वविद्यालय मार्च २१ सम्मका लागि बन्द गरिएको छ। साथै सबै प्रकारका सांस्कृतिक र खेलकुद कार्यक्रम पनि रोकिएको छ।















प्रतिक्रिया