१ कार्तिक २०८३, आइतबार

२/४ रेक्टरको भूकम्पले नेकपाको घर भत्कँदैन : मन्त्री भट्टराई

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

पोखरा, १५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले २/४ रेक्टरको भूकम्पले नेकपाको घर नभत्कने बताएका छन् । रविन्द्र स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रथम रविन्द्र स्मृति समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

अलिअलि चर्किएछ भने पनि आजकाल इन्जिनियरले अनेक उपाय निकालेको उनले बताए । चर्किहाले पनि घर सकूशल ठडिने उनको भनाई छ ।

‘रेक्टोफिटिङ गर्छन्, अनेक उपाय छन् । हाम्रो नेकपाभित्र अनेक इन्जिनियर छन्, ती इन्जिनियरले रेक्टोफिटिङ गर्छन्, त्यसलाई सकूशल ठड्याउँछन्,’ उनले भने ।

सानका साथ नेपाल कम्युनिष्ट पार्टीको घर ठडिने र त्यो घरलाई भूकम्पले नहल्लिने उनको दाबी छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को इतिहास स्मरण गर्दै सानातिना घटनाबाट पार्टी नेतृत्व बिचल्लित नहुने समेत जिकिर गरे ।