
काठमाडौँ, १५ फागुन । कञ्चनपुरमा एक दम्पतीको हत्या भएको छ । शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा धारिलो हतियार प्रयोग गरी उनीहरुको हत्या भएको हो ।
स्थानीयका अनुसार कलुवापुरको कटान टोलमा ५२ वर्षीय जयलाल भण्डारी र उनकी पत्नी धनादेवीको हत्या गरिएको अवस्थामा जयलालको शव कोठामा र धनादेवीको शव भान्सामा फेला परेको थियो ।
भण्डारीको घाँटीमा र धनादेवीको टाउकोमा चोट देखिएको बताइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया