१ कार्तिक २०८३, आइतबार

दिल्ली हिंसा : मारिनेको संख्या ३२ पुग्‍यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन ।   नागरिकता संशोधन कानुन (सीएए) को समर्थक र विरोधी समूहबीच भारतको नयाँदिल्लीमा भड्किएको हिंसामा परी मारिनेको संख्या ३२ पुगेको छ ।

समाचार एजेन्सी पीटीआईले स्वास्थ्य विभागका एक अधिकारीलाई उधृत गर्दै अहिलेसम्म हिंसामा मारिनेको संख्या ३२ पुगेको जनाएको हो ।

दिल्लीको गुरु तेगबहादुर अस्पताल (जीटीबी अस्पताल) मा ३० जना र लोक नायक जयप्रकाश नारायण अस्पताल ९एलएनजेपी अस्पताल० मा दुई घाइतेको मृत्यु भएको बीबीसीले जनाएको छ ।

चार दिनदेखि दिल्लीको उत्तर पूर्वी क्षेत्रमा मच्चाइएको हिंसामा परी सयौं मानिस घाइते भएका छन् ।