
काठमाडौं, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेपछि सतहमा आएको प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिको विवरणबीच भएका राजनीतिक भेटघाट तिव्र भएको छ ।
नेकपा नेता माधवकुमार नेपालसँग भेट गरी उक्त निर्णयमा प्रधानमन्त्रीको असन्तुष्टि आएको भन्ने विवरणसँगै विहीबार उनले नेपाली कांग्रेसका एक जना प्रभावशाली नेता शेखर कोइरालासँग भेट गरेका छन् ।
बालुवाटार पुगेका विपक्षी दलका नेता कोइरालासँग प्रधानमन्त्री ओलीको राजनीतिक घटनाक्रमका विषयमा डेढ घन्टा कुराकानी भएको उल्लेख छन् । उक्त भेटका कस्ता राजनीतिक कुराकानी भए भन्नेबारेमाचाहिँ बालुवाटार र कोइरालाले पनि खुलाएका छैनन् ।
नेकपामा विवाद बढेको भन्ने चर्चा चलिरहेका बेला कोइरालासँगको भेट अर्थपूर्ण रहेको बताइएको छ । ‘नेकपा दुर्घटनामा पर्नसक्ने विविध विश्लेषण भइरहेका बेला कांग्रेस नेतासँगको लामो भेटलाई केही न केही अर्थमा बुझ्नुपर्ने हुन्छ’, उच्च स्रोतले भन्यो ।
त्यसअघि नै नेता नेपालसँगको भेटमा ओलीले सचिवालयको निर्णयले ल्याउन सक्ने सम्भावित विग्रहका विषयमा पनि कुराकानी गरेको बताइएको थियो ।















प्रतिक्रिया