४ कार्तिक २०८३, बुधबार

वैदेशिक रोजगारीमा ठगी, प्रहरीमा उजुरीको चाङ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । सुनसरीका शम्भु मण्डल आजकाल नबिराई श्रम तथा रोजगार मन्त्रालय पुग्छन्। त्यहाँ उनी चउरमा बस्छन्। मोबाइल, डायरी र एउटा फोटो अगाडि राख्छन् ।

कोही नयाँ मान्छे देख्दाबित्तिकै उनी त्यो फोटो देखाउँछन् र आफ्नो कहानी सुनाउँछन्। सात महिनाअघि धन कमाउने सपना बोकेर मेनपावर कम्पनीमार्फत उनका छोरा सञ्जयकुमार मण्डल साउदी उडेका थिए ।

कम्पनीले मिनीमार्केटको काम हो भन्दै उनीसँग एक लाख २० हजार पैसा लिएको थियो। त्यहाँ पुग्दा कागजमा लेखिएभन्दा फरक काम पर्‍यो। निर्माण सामग्री र बोरा बोक्नुपर्ने भयो।

कामको लोडेले दुई/चार दिनमै सञ्जय बिरामी परे। र साउदी पुगेको केही दिनमै नेपाल फर्कने मनस्थिति बनाए। तर कम्पनीले डेढ वर्ष नहुँदै फर्किन नदिने भएपछि उनी अहिले साउदीमै अलपत्र परेका नेपाली बस्ने क्याम्पमा बसिरहेका छन्।

नेपाल फर्किनका लागि सञ्जयले परिवार र साथीभाइसमक्ष सहयोग मागिरहेका छन्। दूतावासमार्फत पहल नगरेसम्म नेपाल फर्कन नसक्ने भएपछि उनी साउदीमा अलपत्र छन्।

विदेशमा अलपत्र परेको छोरालाई फिर्ता ल्याउन उनी मन्त्रालय धाउन लागेको एक महिनाभन्दा बढी भइसक्यो। कैयौंपटक मन्त्रालय धाए पनि उनले मन्त्री र सचिवलाई आफ्नो समस्या राख्न पाएका छैनन्।

‘कतिपटक आइसकें, मेरो कुरा कसैले सुन्दैन, छोराले रुँदै फोन गरिरहन्छ। के गरुँ, कसो गरुँ भइरहेको छ,’ मंगलबार मन्त्रालयको चउरमा बसिरहेका शम्भुले सुनाए। मण्डलका छोरा सात महिनाअघि गौशालास्थित इन्टरनेसनल खालिज रजिया मेनपावरमार्फत साउदी उडेका थिए। कम्पनीले मिनटको काम भनेको थियो। मेनपावर सञ्चालन साविर मियाँ अहिले सम्पर्कबिहीन छन्। नागरिक दैनिकले खबर छापेकाे छ ।