४ कार्तिक २०८३, बुधबार

कानुन बन्यो, कार्यान्वयन भएनः योजना छनोटमा मनपरी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १५ फागुन । प्रदेश सरकारले प्रक्रियागत रूपमा नभई झ्यालबाटसमेत छिराएर मनपरी ढंगले योजना बनाएको भन्दै विपक्षी दलका सांसदले मात्र नभई सत्ता पक्षका सांसदले समेत आलोचना गरे।

प्रक्रियागत रूपमा आएका योजनामात्र समावेश गर्नुपर्ने बाध्यकारी प्रावधान रहेको सुशासनसम्बन्धी विधेयक प्रदेशसभाबाट गत हिउँदे अधिवेशनमा पारित भयो। तर विधेयक पारित भएर कानुन बनेको करिब एक वर्षसम्म कार्यान्वयन हुनसकेको छैन।

‘सुशासन विधेयक पास भएको वर्ष दिन हुँदा पनि कानुन कार्यान्वयन भएको छैन। कानुन कार्यान्वयन नहुँदा सरकारलाई झ्यालबाट योजना छिराउन सजिलो भएको छ,’ प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता रणबहादुर रावलले भने, ‘कानुन बनाउने र कार्यान्वयन नगर्ने सरकारको शैलीले विकासमा असर परेको छ।’

प्रदेश सरकारले दुई वर्षको अवधिमा तीनवटा बजेटमार्फत ल्याइएका योजना छनोट प्रक्रियागत रूपमा नभई मनपरी ढंगले आएको उनको भनाइ छ।

‘यो कानुन कार्यान्वयन नहुँदा अगामी बजेटमा पनि आवश्यकताका आधारमा प्रक्रियागत रूपमा आएका योजनालाई समावेश नगरी मनपरी ढंगले लागू गर्ने सरकारको चाल देखिन्छ,’ रावलले भने। नागरिक दैनिकले खबर छापेकाे छ ।