१ कार्तिक २०८३, आइतबार

८५ हजार घुससहित वडाध्यक्ष र कर्मचारी पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १४ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीमा घुससहित वडाध्यक्ष र कर्मचारी पक्राउ गरेको छ ।

सम्मरीमायी गाउँपालिका ५ का वडाध्यक्ष श्रवणकुमार यादव ७० हजार र उच्च सरकारी वकिलको कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादव १५ हजार घुससहित पक्राउ परेको आयोगको बुटवल कार्यालयले जनाएको छ ।

चौकिल्ला सिफारिस गरिदिने भन्दै घुस लिँदै गरेको अवस्थामा वुधबार दिउँसो यादव पक्राउ परेका हुन् ।

उनले बन्दिप्रत्यक्षीकरणको मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवा ग्राहीबाट घुस लिँदै गर्दा उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।