६ कार्तिक २०८३, शुक्रबार

अर्थमन्त्री युवराज खतिवडा सांसद नरहने, उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा ल्याउने नेकपाको निर्णय

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । नेपाल कम्युनिस्ट पार्टीको बुधबार बसेको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा ल्याउने निर्णय गरेको छ ।

गौतमलाई राष्ट्रिय सभामा ल्याउन सरकारमार्फत राष्ट्रपतिलाई सिफारिस गरिने निर्णय भएको हो ।

नेकपाको यो निर्णयसँगै राष्ट्रपतिको सिफारिसमा राष्ट्रिय सभा सदस्य रहेका अर्थमन्त्री युवराज खतिवडाको सांसद पद नरहने निश्चित भएको छ । उनले मन्त्रीको जिम्मेवारी पनि छाड्नुपर्ने हुन्छ ।

उनको सांसद पद एक सातामा सकिँदैछ ।