१ कार्तिक २०८३, आइतबार

बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

गुल्मी, १४ फागुन । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बाग्लुङ निसिखोला गाउँपालिका ३ घर भई गुल्मी रुरु गाउँपालिका ४ चौतारामा बस्ने २३ वर्षीय तिल बहादुर बुढालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

बुढाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रिडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।