१ कार्तिक २०८३, आइतबार

चितुवाको छालासहित २ जना पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

ललितपुर, १४ फागुन । ललितपुर महानगरपालिका ५ लगनखेल बसपार्कबाट संरक्षित वन्यजन्तु चितुवाको छाला ३ थानसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ओखलढुङ्गा खिचिदेम्बा गाउँपालिका ५ घर भई काठमाडौं महानगरपालिका ६ आरुबारी डेरा गरी बस्ने २६ वर्षीय बिपेन्द्र तामाङ र झापा बाह्रदशी गाउँपालिका १ घर भई काठमाडौं महानगरपालिका ६ महांकाल डेरा गरी बस्ने २२ वर्षीय रोशन कार्की रहेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले शंका लागि उनीहरुलाई जाँच गर्ने क्रममा उक्त छालासहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।