
नयाँ दिल्ली, १४ फागुन । भारतको राजधानी नयाँ दिल्लीमा हिंसा भड्किँदा मृत्यु हुनेको संख्या २० जना पुगेको छ । नागरिकता कानुनको विषयमा जारी दुई पक्षीय झडपमा २ सय ५० बढी घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
हिंसा बढ्दै गएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय सरकारलाई सेना परिचालन गर्न आग्रह गर्दै कर्फ्यू जारी गर्नुपर्ने बताए ।
नागरिकता कानुन समर्थक र त्यसको विरोधी पक्षले तरबार, ढुंगा र अन्य हातहतियारको प्रयोग गरेका थिए भने मौजापुर जफ्रावाद र अन्य क्षेत्रका कैयौं घर तथा सवारीसाधन समेत जलाइदिएका छन् ।
हिंसा भड्किएपछि उत्तरपूर्वी दिल्लीको प्रभावित क्षेत्रमा प्रहरीले ‘गोली चलाउने’ आदेश जारी गरेको थियो ।
सरकार समर्थकहरूले ‘जय श्रीराम’ को नारा लगाउँदै कानुनको समर्थनमा ओर्लिएपछि दुई पक्षबीच झडप सुरू भएको हो ।
सरकार समर्थकहरू नागरिकता कानुनको विरोध गरिरहेका मुसलमान समुदायमाथि आक्रामक देखिएका थिए । एजेन्सी















प्रतिक्रिया