मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

नेपालमा जन्मिएकी डिचेन ज्युरासिक वर्ल्डमा खेल्ने

दैनिक नेपाल २०७६ फागुन १४ गते १०:१४

लसएन्जलस । विज्ञानमा आधारित चलचित्र ‘ज्युरासिक वर्ल्ड’ को तेस्रो श्रृंखलामा नेपालमा जन्मिएकी डिचेन ल्याचम्यानले काम गर्ने भएकी छन् ।

‘युनिभर्सल एण्ड अम्बलिन इन्टरटेनमेन्ट’ को प्रस्तुति ‘ज्युरासिक वर्ल्ड–३’ मा डिचेनले अभिनय गर्न लागेकी हुन् ।

उनले योभन्दा अगाडि कल्पित विज्ञानमा आधारित टेलिभिजन श्रृंखला डलहाउस र सेररामा काम गरीसकेकी छन् ।

अमेरिकन टेलिश्रृंखला ‘बिइङ ह्यूमन’ को अष्ट्रेलियन रिमेकमा उनले सुरेनको भूमिका निर्वाह गरेकी थिइन् । उनले सन् २०१४ बाट ‘लस्ट फर लभ’ नामको चलचित्रमा काम गरेर चलचित्र क्षेत्रमा आफ्नो करियर सुरु गरेकी थिइन् ।

ल्याचमन सन् १९८२ मा काठमाडौंमा जन्मिएकी हुन् । उनी ८ वर्षसम्म नेपालमा नै हुर्किएकी हुन् । उनी सन् १९९० मा परिवारसँ अष्ट्रेलिया गएकी हुन् ।

उनकी आमा टिबेटियन नेपाली हुन् । बुबा जर्मन नागरिक हुन् । यो चलचित्र सन् २०२१ को जुन ११ मा प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित