१ कार्तिक २०८३, आइतबार

स्रोत नखुलेको करिब २७ लाखसहित पक्राउ

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, १३ फागुन । वीरगंज महानगरपालिका १० आदर्शनगरस्थित सडकबाट स्रोत नखुलेको रकम १९ लाख ७१ हजार रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका १६ बस्नेहरु ४१ वर्षीय संजय कुमार साह र ३० वर्षीय जयलाल महतो रहेका छन् ।

वडा प्रहरी कार्यालय विर्ता पर्साबाट खटिएको प्रहरीले बा.४८ प ६५९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार साहको साथबाट ९ लाख ७१ हजार रुपैयाँ र महतोको साथबाट १० लाख रुपैयाँ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी पर्साको वीरगंज महानगरपालिका १६ स्थित ईनवा गाउँ जानेबाटोबाट स्रोत नखुलेको नगद ७ लाख रुपैयाँ सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत रक्सौल डुमरियाका ३५ वर्षीय विजय कुमार ठाकुर र पर्सा वीरगंज महानगरपालिका १६ नगवा बस्ने ३१ वर्षीय राजु कुमार कलवार रहेका छन् ।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सवारी साधन जाँच गर्ने क्रममा बिआर ०५ एए ७२५५ नम्बरको मोटरसाइकल चालक ठाकुरको साथबाट नगद ४ लाख रुपैयाँ र बिआर ०५ डि ५०१८ नम्बरको मोटरसाइकल चालक कलवारको साथबाट नगद ३ लाख रुपैयाँ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबै जना उपर अवैध वित्तिय कारोवार (हुण्डी) शीर्षक मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।