१ कार्तिक २०८३, आइतबार

साढे १५ लाख रुपैयाँ बराबरको सुनसहित दुई पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

सिरहा, १३ फागुन । लहान नगरपालिका १९ छर्रापट्टीबाट अवैध रुपमा लुकाइछिपाई लैजाँदै गरेको करिब १५ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको २ सय ३३ ग्राम सुन सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा लहान नगरपालिका १९ छर्रापट्टी बस्ने २४ वर्षीय मो.मोतीउल रहमान र सोही ठाउँ बस्ने २१ वर्षीय मो.मुर्तुजा रहेका छन् ।

काठमाडौँदेखि लहानको खाडी चल्ने ना.४ ख ९३५७ नम्बरको बसबाट ओर्लिई को.३८ प २६३२ नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उक्त परिमाणको सुन सहित फेला पारी मोटरसाइकल चालक रहमान र मोटरसाइकलमा सवार मुर्तुजालाई पक्राउ गरेको हो ।

पक्राउ अभियुक्तलाई बरामद सुनसहित भन्सार कार्यालय खाडीमा बुझाइएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।