१ कार्तिक २०८३, आइतबार

अब निकै सस्तोमा क्लासिक टेक र प्रभु टिभीको इन्टरनेट साथै टिभी सेवा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ फागुन । विगत दश वर्षदेखि नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएको क्लासिक टेक प्रालिले प्रभु टिभीसँग सहकार्य गरि उच्च गुणस्तरको इन्टरनेट साथै टिभी सेवा, क्लासिक प्रभु टिभीको नाममा बजारमा ल्याएको छ ।

यस सहकार्यले लामो समयदेखि गुणस्तरीय इन्टरनेट तथा टिभी सेवा माग गरिरहेको ग्राहकहरुलाई ठुलो राहत पुग्ने कम्पनीले जनाएको छ ।

हाल यो सेवा काठमाडौँ उपत्यका लगायत प्राय सबैजसो सहरहरुमा उपलब्ध गराइएको छ । अब क्लासिक टेक र प्रभु टिभीको सहकार्यकमा विशेष स्कीम “आयो है आयो“ बजारमा आएको छ ।

यस कम्पनीले ३० एमबीपीएस गतिको “आयो है आयो“ प्लान मात्र ९०० रुपैयाँप्रति महिनाको दरमा वार्षिक ग्राहकहरुलाई उपलब्ध गराउने भएको छ भने टिभीको सुविधा निशुल्क प्रदान गर्ने भएको छ । नेपालमा यति कम मूल्यमा इन्टरनेट र टिभीको सुविधा उपलब्ध गराईएको यो पहिलो पटक हो ।

यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध रहेको छ ।