१३ कार्तिक २०८३, शुक्रबार

मङ्गलबार पश्चिमको पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने सम्भावना

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १३ फागुन ।  मङ्गलबार पनि देशका विभिन्न ठाउँमा पश्चिमी वायुसँगै पूर्वमा बनेको न्यून चापीय प्रणालीको असरले मङ्गलबार देशभरिकै मौसम आशिंकदेखि सामान्य बदली भइ केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मङ्गलबार मध्य र पूर्वको धेरै तथा पश्चिमको पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगको थोरै ठाउँमा हल्का हिमपात हुने सम्भावना छ ।

बुधबारदेखि मौसम बिस्तारै खुले पनि पूर्णरुपमा सफा हुन भने अझै केही दिन लाग्ने महाशाखाकी मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो ।