
कास्की, १२ फागुन । कास्कीको पोखरा महानगरपालिका १८ खपौदीस्थित फेवातालमा खसेका एक जना व्यक्तिको सकुशल उद्धार गरिएको छ ।
उनलाई सशस्त्रको टोलीले फागुन १२ गते सकुशल उद्वार गरेको हो । तालमा काठको डुङ्गामा सवार गरिरहेका पोखरा महानगरपालिका १८ खपौदी बस्ने ५० वर्षीय बुद्धी जलारी अचानक फेवातालमा खसेका थिए ।
घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेक्वा कास्कीबाट फेवाताल रेक्स्यु टावरमा खटिएको एपीएफ टोलीले निज जलारीलाई सकुशल उद्वार गरेको हो ।















प्रतिक्रिया