१ कार्तिक २०८३, आइतबार

एनआईसी एशियाका ग्राहकलाई सोनी ब्राभिया टेलिभिजन खरिदमा विशेष छुट

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ फागुन । एनआईसी एशिया बैंक लिमिटेड र नेपा हिमा ट्रेड लिंक प्रालिबीच यस बैंकका ग्राहक महानुभावहरूलाई सोनीका आउटलेटहरू तथा केही आधिकारिक विक्रेताहरूबाट सोनी ब्राभियाको खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौताअनुसार ग्राहक महानुभावहरुले सोनी ब्राभियाका मोडल नं. ६५एक्स८०००जी, ६५एक्स९५००जी, ५५ए८जी, ५५ए८एफ र ५५ए१ हरुको खरिदमा छुट पाउने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जनाएका छन् ।

उक्त सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरे ।

उक्त सम्झौताअनुसार यस बैंकका ग्राहक महानुभावहरूले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा बैंकको आफ्नै पीओएस र क्यूआर कोड प्रयोग गरि सोनी ब्राभियाका उपरोक्त उल्लेखित मोडलहरूको टेलिभिजन खरिद गर्दा प्रत्येक खरिदमा १०% वा अधिकतम २ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सकिनेछ ।

यो योजना २०७६ फागुन १२ गतेदेखि २९ गतेसम्म लागू हुनेछ । बैंकका ग्राहक महानुभावहरूको अधिकतम लाभका लागि यो योजना ल्याइएको हो ।

यस बैंकले कार्ड तथा मोबाइल बैंकिङ्गबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै आइरहेको छ । जसअनुसार बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाग्राहीहरूले यस बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गका माध्यमहरूबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,२०० वटा भन्दा बढि मर्चेन्टहरूबाट आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त अस्पतालहरू, होटल, रिसोर्ट, रेस्टुराँ तथा विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरूबाट ग्राहक महानुभावहरूले सजिलै प्राप्त गर्न सक्नेछन् ।

विद्युतीय भुक्तानीलाई थप सरल बनाउनुको साथै यसको पहुँच विस्तार गर्न बैंकले हालसम्म देशको विभिन्न ३,७०० भन्दा बढी स्थानहरुबाट पीओएस तथा १२,००० भन्दा बढी स्थानहरुबाट क्यूआर कोड स्क्यान सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहक महानुभावहरूले मर्चेन्टहरूको बारेमा विस्तृत जानकारी प्राप्त गर्न यस बैंकको वेबसाइटमा हेर्न सकिनेछ ।

यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४४६ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।