
बर्दिया, १२ फागुन । लागुऔषध ब्राउनसुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका ७ का २९ वर्षीय मानबहादुर ठाकुर रहेका छन् ।
प्रहरीले उनीबाट सेतो प्लाष्टिकमा बेरेर राखेको ९ पुरिया र कागजमा बेरेर राखेको ९ पुरिया गरि जम्म १८ पुरिया (करिव साढे ७ ग्राम) ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मैनापोखरको प्रहरी टोलीले आइतबार राती करिव साढे ९ बजे गुलरिया– नेपालगंज सडकखण्डको शितलाबजारबाट ठाकुरलाई ब्राउनसुगरसहित प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राती शंकास्पदरुपमा हिडिरहेको अवस्थामा फेला परेका ठाकुरलाई रोकी उनको शरीर खानतलसी गर्दा पाइन्टको गोजीमा लुकाइ राखेको अवस्थामा ब्राउनसुगर फेला परेको प्रहरी निरीक्षक शुसिल थापा मगरले जानकारी दिए ।
पक्राउ परेका ठाकुरउपर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।















प्रतिक्रिया