१ कार्तिक २०८३, आइतबार

पूर्वाधार विकासले गाउँगाउँमा समृद्धि ल्याउँछ : प्रधानमन्त्री ओली

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रथुमको सुकपोखरीदेखि मदन भण्डारीको जन्मस्थल ताप्लेजुङको ढुंगेसाँघु जोड्ने सडक कालोपत्रेको शिलान्यास गरेका छन् ।

मध्यपहाडी लोकमार्गको तेह्रथुम सुकेपाखेरी खण्डदेखि मदन भण्डारी मार्गको ढुंगेसाँघु खण्ड जोड्ने सडकको आइतबार सिलान्यास गरेका हुन् ।

शिलान्यसपछि स्थानीयलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वाधार विकासले गाउँगाउँमा समृद्धि ल्याउने बताए । उनले भने ‘यो ६५ किलो मिटर सडक बनेपछि सहरमात्र होइन गाउँ पनि विकास हुन्छ ।

त्यसैले समृद्धि ल्याउँछ ।’ उनले विकास र समृद्धिको युग सुरू भइसकेकाले अविकसित नेपाल अब इतिहासमा मात्रै सीमित राख्न सबै नेपाली लाग्न आग्रह समेत गरे ।

मध्यपहाडी लोकमार्गको सुकेपोखरी, छातेढुंगा, भदौरे, ह्वाकु, चोकपुर हुँदै ढुंगेसाँघु जोड्ने यो सडकको लम्बाई ६५ किलोमिटर रहेको छ । पोखरी मावि, प्रणामी मावि, आधारभूत भानु इवा, भदौरे खण्ड ९ किलोमिटर पहिलो चरणमा कालोपत्रे गर्न लागिएको हो । यसका लागि ३१ करोड ५० लाख बजेट विनियोजन भएको छ ।

क्रमागत योजना अन्तर्गत सडक डिभिजनले निर्माण गरिरहेको उक्त सडकको कालोपत्रेका लागि टेन्डर प्रक्रिया अन्तिम चरणमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले बताए ।

प्रधानमन्त्री ओलीले आइतबार नै आफ्नो ६९ औँ जन्मोत्सव जन्मघर इवा पुगेर मनाएका छन् । जन्मोत्सव मनाउँन उनीसँगै उनका पिता मोहनप्रसाद ओली, पत्नी राधिका शाक्य, नेकपा संसदीयदलका उपनेता सुवासचन्द्र नेम्बाङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङ, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, खानेपानी मन्त्री बिना मगर, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधर राई लगायत ठूलो संख्यामा सर्वसाधारण ओली जन्मस्थल पुगेका थिए ।