१ कार्तिक २०८३, आइतबार

३० लाख रुपैयाँ चोरी गरेको अभियोगमा पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १२ फागुन । ललितपुर महानगरपालिका ४ जावलाखेलस्थित पशुपति भिभान्ता नामक जुस स्टोरबाट नगद चोरी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका १४ कलंकी खड्का गाउँ डेरा गरी बस्ने खगेन्द्र कुमार थापालाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्टोरबाट गत शुक्रबार नगद ३० लाख रुपैयाँसहित जिन्सी धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले सोही स्टोरमा काम गर्ने थापाको कोठामा तलासी लिँदा झोलामा लुकाई राखेको अवस्थामा नगद २० लाख ५० हजार रुपैयाँ, घटनास्थलमा प्रयोग गरेको छाता, मोबाइल र ज्याकेट समेत फेला पारी उनलाई पक्राउ गरेको हो ।

थापालाई चोरी मुद्धामा आवश्यक अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ ।