
काठमाडौँ, १२ फागुन । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहक महानुभावहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम लाभलाई मध्यनजर गर्दै ‘बीओके सहज बचत खाता’ सार्वजनिक गरेको छ ।
ग्राहक महानुभावसँगको २५ वर्षसम्म निरन्तर सहयात्राको शुभ अवसरमा सौगात स्वरुप बैंकले उक्त खाता संचालनमा ल्याएको छ ।
“२५ वर्ष देखि सफलतालाई सहज बनाउँदै” भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको उक्त खाता ग्राहक महानुभावहरुले मात्र रु २५ मा नै खोल्न सक्नेछन् । उक्त बचत खातामा उच्चतम ब्याजदरको व्यवस्थासहित थुप्रै निःशुल्क सुविधाहरु रहेका छन् ।
उक्त बचत खाताका विशेषताहरुमा वार्षिक ६% ब्याजदर, न्यूनतम मौज्दात रु २५ मात्र, त्रैमासिक ब्याज भुक्तानीको सुविधा, पहिलो वर्ष निःशुल्क डेबिट कार्डको व्यवस्था, पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङ्गको व्यवस्था र पहिलो वर्ष निःशुल्क इन्टरनेट बैंकिङ्ग व्यवस्था रहेका छन् ।
साथै, अन्य ग्राहकमुखी विशेषताहरु सहित संचालनमा ल्याएको उक्त खाताले ग्राहक महानुभावहरुको जीवन अझ सहज बनाउने विश्वास बैंकले लिएको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।















प्रतिक्रिया