१ कार्तिक २०८३, आइतबार

अमेरिकी राष्ट्रपति ट्रम्पको भारतमा भव्य स्वागत

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भारतमा स्वागत गरिएको छ । ट्रम्पको यो पहिलो औपचारिक भारत भ्रमण हो । ट्रम्पले आफ्नो भ्रमणको सुरुवात गुजरात राज्यबाट आरम्भ गरेका छन् । त्यहाँ उनको भव्य सार्वजनिक स्वागत गरिएको थियो ।

राष्ट्रपति ट्रम्पलाई विमानस्थलमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कसिलो अङ्कमाल गरेर स्वागत गरेका थिए । उनीहरुले महात्मा गान्धीले १३ वर्ष बिताएका सावरमती आश्रमको भ्रमण गरे ।

ट्रम्पलाई स्वागत गर्न गुजरातमा हजारौँ मानिसहरू उपस्थित थिए ।  ट्रम्पले यात्रा गर्ने बाटोमा दुई नेताका तस्बिर सहितका ठूलाठूला होर्डिङ बोर्डहरू टाँगिएका छन् ।

दुई देशबीच व्यापारमा तादम्यता नमिल्दा कूटनीतिक विवाद उत्पन्न भएको थियो । त्यस्तै असमझदारीलाई ट्रम्पको भ्रमणले सकारात्मक बनाउन सक्ने जानकारहरु बताउँछन् । यद्यपि हालै कुनै किसिमको ठूलो किसिमको व्यापार सम्झौता हुने लक्षण भने नदेखिएको बताइन्छ । –एजेन्सी