१ कार्तिक २०८३, आइतबार

सुनको भाउ निरन्तर उकालो, तोलाको ८० हजार नाघ्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ फागुन । पछिल्लो समय तीव्र तथा निरन्तर बढीरहेको सुनको मूल्य झन आकाशिएको छ । यहीक्रममा सोमबार सुनको मूल्य प्रतितोला ८० हजार नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सुनको भाउ प्रतितोला ८० हजार नाघेको हो ।

आइतबार ७८ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य सोमबार ५ सय रुपैयाँ बढेर ८० हजार ३ सय पुगेको हो । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

यस्तै चाँदी पनि आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ ।